शम्भुनाथ नगरपालिकाकाे परिचय

अवस्थितिः अक्षांशः २६ डिग्री ३६ मिनेट देखि ३६ डिग्री ४२ मिनेट उत्तर सम्म        देशान्तरः ८६डिग्री ३८ मिनेट देखि ८६ डिग्री ४६ मिनेट पूर्वसम्म
सिमाना   पूर्वः  रुपनी गाँउपालिका, सप्तरी
    पश्चिमः खडक नगरपालिका , सप्तरी 
    उत्तरः जिल्ला उदयपुर
    दक्षिणः  डाक्नेश्वरी नगरपालिका , सप्तरी
उचाईः समुद्र सतहबाट २०१ मिटर देखि २५५ मिटर सम्म
क्षेत्रफलः ९५.४ वर्ग कि.मि.
लम्बाइः सरदर ६ कि.मी.
हावापानीः उष्ण 
नगरको नामाकरण
यस नगरपालिकाको वडा नं. ३ मा प्रशिद्ध शम्भुनाथ बाबा मन्दिर, जहाँको शिवलिंङ्गको उचाई वर्षेनि वृद्धि हुने मान्यता रहेको, जहाँ प्रत्येक वर्षको वैशाख १ नयाँ वर्ष देखि १ महिने प्रशिद्ध मेला लाग्छ, सोहि स्थानको नामबाट नामाकरण गरिएको छ ।
नगरको प्रशासनिक विभाजन
विकास क्षेत्रः पुर्वाञ्चल                  अञ्चलः सगरमाथा                   जिल्लाः सप्तरी                        नगरपालिकाः शम्भुनाथ        केन्द्रः कठौना
निर्वाचन क्षेत्रः ५                         ईलाका नं.ः १४                       वडा संख्याः ११                               घरधुरीः ६३५०
जनसंख्याः ३०२०७ (जनगणना २०६८)÷३४५५९ (घरधुरी सर्वेक्षण २०७२)              जनघनत्वः ३१७ प्रति वर्ग कि.मी.
नगरका मुख्य नदि, खोला तथा तालतलैया सिमानाका गाविसहरु
मुख्य नदिहरुः खाँडो
खोलाहरु ः–फाँपी, देवधार, तारखाना
तालतलैयाहरु  ः– भोकर दह, भवरा दह, जर्मन पोखरी 
धार्मिक पर्यटकीय स्थलहरु
१. शम्भुनाथ मन्दिरः शिवरात्री र वैशाख महिनामा १ महिने मेला वर्षेनी शिवलिङ्गको उचाईमा वृद्धि हुने 
२. चन्द्रभोगा गढीः बैशाख १ र २ गते मेला, महाभारतकालिन
३. कनकपट्टी गढीः महाभारतकालिन

घरधुरी सर्भेक्षण २०७२ अनुसार

सि‍‌‍‍. नं.
विवरण
घर परिवार संख्या
जम्मा
पुरूष
महिला


शम्भुनाथ १
४५०
२४४०
१२४९
११९१


शम्भुनाथ २
 ४७२
२६७३
१३६९
१३०४


शम्भुनाथ ३
८६२
४८५२
२५२२
२३३०


शम्भुनाथ ४
७५८
३४०१
१७४४
१६५७


शम्भुनाथ ५
४७५
२४७८
१२६१
१२१७


शम्भुनाथ ६
६११
३४३५
१७९४
१६४१


शम्भुनाथ ७
८२६
४८६२
२४८२
२३८०


शम्भुनाथ ८
५४७
३१७५
१५५८
१६१७


शम्भुनाथ ९
४२६
२५५३
१२७४
१२७९

१०
शम्भुनाथ १०
४१३
१९००
९५६
९४४

११
शम्भुनाथ ११
५१०
२७९०
१४२६
१३६४

१२
कुल जम्मा
६३५०
३४५५९
१७६३५
१६९२४