Brief Introduction

           नेपालको पुर्वाञ्चल विकासक्षेत्र अन्तर्गत सप्तरी जिल्लाको स्वच्छ, सफा, सुन्दर नगर वस्ती को रुपमा नयाँ २०७१ बैशाख २५ गते घोषित शम्भुनाथ नगरपालिका यस नगरक्षेत्र भित्र विश्वमा प्रख्यात श्री शम्भुनाथ बाबाको नाममा नामाङ्कृत गरिएको यस जिल्लाको गौरवमय नगरपालिका हो ।
           यस नगरपालिकाको भौगोलिक अवस्थिति अक्षांश २६ डिग्री ३६ मिनेट देखि ३६ डिग्री ४२ मिनेट उत्तरी आक्षांश सम्म र देशान्तर ८६ डिग्री ३८ मिनेट देखि ८६ डिग्री ४६ मिनेट पूर्वी देशान्तर सम्म अवस्थित रहेको छ । 
           यस नगरपालिकाको चौतर्फी सिमानाको रुपमा पुर्वमा सप्तरीको रायपुर गा.वि.स., पश्चिममा कल्याणपुर गा.वि.स. दक्षिणमा पत्थरगाढा, कटैया, इनरुवा फुलवरिया तथा उत्तरमा उदयपुर जिल्ला रहेको छ ।
           यस नगरपालिकाको कुल क्षेत्रफल ९५.४ वर्ग किलोमिटर रहेको छ ।
           उचाई: समुद्रि सतहबाट २०१ मिटर देखि २५५ मिटर सम्ममा अवस्थित छ ।